नियम
अनुगमन गर्ने वा गराउने

(१) आयोगले निर्वाचन सम्बन्धी कामको अनुगमनको लागि ऐनको दफा ५ बमोजिम अनुगमन टोली खटाउन सक्नेछ ।

(२) उपनियम (१) बमोजिम खटिएको अनुगमन टोलीले अनुगमनको क्रममा प्रचलित कानून बमोजिमको दायित्व निर्वाहको लागि सम्बन्धित राजनीतिक दल, उम्मेदवार, कर्मचारी तथा अन्य व्यक्तिलाई आवश्यक निर्देशन दिन सक्नेछ ।

(३) उपनियम (१) बमोजिम खटिएको अनुगमन टोलीले आयोगले छुट्टै आदेश दिएको अवस्थामा बाहेक अनुगमनको काम सम्पन्न भएको पन्ध्र दिनभित्र त्यसको प्रतिवेदन आयोग समक्ष पेश गर्नु पर्नेछ ।